काठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल प्रचण्ड क्याबिनेटले बल्ल पूर्णता पाएको छ । उनले अर्बपतिलाई वनमन्त्री बनाएर क्याबिनेटलाई पूर्णता दिए ।
मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री र राज्यमन्त्री नियुक्ति भएसँगै पूर्णता पाएको हो ।
प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्र महतोलाई वनमन्त्री र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नयाँ नियुक्तिसँगै प्रचण्डको मन्त्रिपरिषदमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । संविधानमा मन्त्रिपरिषद्मा अधिकतम २५ जना रहने व्यवस्था छ ।
प्रचण्ड सरकार गठन भएको ५ महिना पूरा भएको छ । यसबीच मन्त्रिपरिषदमा ११ पटक मन्त्रि नियुक्त तथा हेरफेर भइसकेको छ ।