मन्त्रिमण्डलमा काँग्रेसको भागमा ८ कि ९ को विवाद | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मन्त्रिमण्डलमा काँग्रेसको भागमा ८ कि ९ को विवाद

काठमाडौं, १४ वैशाख । मन्त्रिमण्डलमा नेपाली काँग्रेसको भागमा ८ कि ९ मन्त्रालय ? यसबारे अझै स्पष्ट छैन । काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई चुनौती दिदै आएका डा शेखर कोइराला समूहले तीन मन्त्रालय दाबी गरी सरकारमा सहभागी हुन मानेको छैन ।

काँग्रेसभित्रको विवादले मन्त्रिमण्लले अझै पूर्णता पाएको छैन । प्रचण्ड पौषमा प्रधानमन्त्री नियुक्त भएयता ८ पटक मन्त्रिहरुको हेरफेर गरिसकेका छन् । तर, अझैपनि क्याबिनेटले पूर्णता पाएको छैन ।

प्रधानमन्त्री आफैले चार मन्त्रालय सम्हालिरहेका छन् । जसमध्ये दुई नेपाली काँग्रेसको भागमा परेको मन्त्रालय हो । तर, काँग्रेसभित्र सभापति शेरबहादुर देउवा इतर समूहले तीन मन्त्रालय मागेर नाम दिन मानेको छैन ।

वैशाख १० को उपनिर्वाचन लगत्तै नयाँ मन्त्रीको नाम दिने जवाफ प्रधानमन्त्री प्रचण्डलाई दिएपनि काँग्रेसले नाम दिएको छैन । प्रधानमन्त्री निकट स्रोतले नाम पर्खिएपनि काँग्रेसभित्रको विवादले ढिलो भइरहेको बतायो ।

बाँकी २ मन्त्रालयमध्ये एक जनता समाजवादी पार्टीको भागमा परेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव जितेर सांसद बन्न सफल भएकाले उनी उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिने तयारीमा छन् ।

बाँकी एक मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसदमध्येबाट दिने प्रचण्डको तयारी रहेको बुझिएको छ । तर, काँग्रेसले थप मन्त्रालय दाबी गरेकाले कुरा मिल्न कठिन छ ।
हाल प्रधानमन्त्री प्रचण्डको क्याबिनेटमा २ उपप्रधानमन्त्री, १४ मन्त्री र २ राज्यमन्त्री गरी १९ सदस्यीय मन्त्रिमण्डल रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);