जनतामा असन्तृष्टि बढ्यो : प्रकाशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

जनतामा असन्तृष्टि बढ्यो : प्रकाशमान सिंह

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले अपेक्षा गरेअनुरुप काम गर्न नसकेकाले जनतामा असन्तृष्टि बढेको बताउनु भएको छ । कांग्रेस काठमाडौ जिल्लाको पुर्ण बैठकमा बोल्दै नेता सिंहले उक्त कुरा बताउनु भएको हो । उपचुनावले जनताको चासो प्रस्ट भएकाले बेलैमा कमि कमजोरी सच्चाएर जानूको बिकल्प नभएको स्पष्ट पारे ।

समयको माघ अनुसार कांग्रेसको कार्यशैलीमा रुपान्तरण गर्न नसके ग्राहो पर्ने अवस्था आएको समेत बताउनु भएको छ । पछिलो समय कांग्रेस पावर बेस राजनीतिमा मात्रै केन्द्रीत हुदाँ यस्तोे परिस्थिति सृजना हुन पुगेको समेत बताउनु भएको छ । कांग्रेसले मुल्य मान्यता आदर्शको राजनीतिबाट बिमुख भएकाले परिस्थिति जटिल बन्दै गएको उहाको भनाई छ ।

बैठक काठमाडांै जिल्ला सभापति सबुझ बानियाँको सभापतित्वमा बसेको हो भने बैठक आज र भोलि दुईदिनसम्म चल्नेछ । बैठकले काठमाडौ जिल्लाको पार्टी संगठन सुदृढीकरणका लागि महत्त्वपूर्ण निर्णय लिने समेत सभापति सबुझ बानियाँले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);