काठमाडौं, ८ जेठ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्न नेकपा माओवादी केन्द्रले ‘रिर्टनी नेपाल’ गठन गरेको छ । योसँगै माओवादी केन्द्रले गठन गरेको भातृसंगठनको संख्या २४ पुगेको छ ।
माओवादीका नेता देवेन्द्र सम्बाहम्फेको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन पनि गरेको छ । भेला सम्पन्न गर्न पार्टीले विभिन्न समितिहरु प्नि गठन गरेको छ ।
निमेष वलीको संयोजकत्वमा डिजिटल तथा प्रचार प्रसार समिति, हेमन्त पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ ।
आगामी जेठ २६ गते नयाँ संस्था रिर्टनी नेपालको राष्ट्रिय भेला बोलाउने तयारी भइरहेको छ ।