बैँकिङ तरलता र व्याजदरमा आएको उतारचढाबले व्यवसायीलाई समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैँकिङ तरलता र व्याजदरमा आएको उतारचढाबले व्यवसायीलाई समस्या

काठमाडौं, २३ पुष । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैँकिङ तरलता र व्याजदरमा आएको उतारचढाबले व्यवसायीलाई समस्या परेको बताउनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभामा बोल्दै श्रेष्ठले बैँकिङ तरलता हटाउनका लागि राष्ट्रबैँकलाई आग्रह गर्दासमेत समस्या समाधान नभएको बताउनुभएको हो ।

पछिल्लो समय बैँकहरुले व्याजदर बढाउँदा व्यवसाय गर्ने वातावरण खलबलिएको श्रेष्ठको दाबी छ । नयाँ सरकार गठन हुने दिन नजिक आइरहेको भन्दै श्रेष्ठले अब नयाँ तरिकाले अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अहिलेका लागि सरकार कामचलाउ भएकाले समस्या समाधानका लागि राष्ट्रसँग आग्रह गरेको श्रेष्ठको भनाई थियो । आर्थिक विकासका लागि भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आश्वासन दिएको उहाँले बताउनुभयो । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागिहरुले नेपालको फर्निचर व्यवसायलाई अगाडी बढाउन कालो बजारी, बैकको तरलता, व्याजदरमा वृद्धि लगायतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);