सर्मिला गुरुङ । ३१ बैशाख, काठमाडौं । सरकारले भर्खरै दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा मधेसी मोर्चा र एमाले उत्रिएका छन् ।
सरकारले मोर्चालाई सहमतिमा ल्याउनका लागि भन्दै नयाँ संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो । तर मोर्चाले यो विधेयकले आफूहरुको माग सम्बोधन नहुने प्रष्ट्याएको छ । यता प्रमुख प्रतिपक्षी दल एमाले पनि संशोधनको विपक्षमा उभिएको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निवार्चनको मिति नजिकिएसँगै यतिबेला गाउँदेखि शहर,सबै ठाउमा चुनावी माहोल तातिएको छ ।
सिंहदरबारमा निहित अधिकार गाउँमा पुग्ने आशाले पनि होला,निर्वाचनलाई लिएर जनता निक्कै उत्साहीत छन् ।तर, दलहरुबीच देखिएको विवाद भने कायमै छ । राजनीतिक सहमतिका लागि भन्दै सरकारले गत मंगलबार दोस्रो संविधान संशोधन विधेयकलाई फिर्ता लिई विभिन्न ११ धारा र ति सम्बद्ध उपधाराहरुमा संशोधन प्रस्ताव सहित तेस्रो नया संशोधन विधेयक संसद सचिवालयमा पेश गरेको थियो तर उक्त विधेयकले पनि मधेसको मागलाई संम्बोधन नगरेको भन्दै बुधबार बसेको संयुक्त मधेसी मोर्चाको बैठकले आन्दोलनको घोषणा नै गरेको छ ।
त्यस्तै नेकपा एमालले संविधान संशोधनको आवश्यकता नरहेको जनाउँदै संशोधनलाई अस्विकार गरेको छ । त्यस्तै नेपाली कांग्रेसले पनि मधेसि मोर्चालाई समहतिमा नल्याइकन निवार्चन सम्भवनभएको बताउँदै आइरहेको छ । यस अघि संविधान जारी भएको १५ दिन पछिनै तत्कालिन सरकारले पहिलो संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।
दोस्रो संशोधन सरकारले मंसिर १४गते दर्ता ग¥यो र यो संशोधन प्रस्ताव तेस्रो पटक हो । तेस्रो संविधान संशोधन विधेयकले पनि मधेसि मोर्चाको मागलाई संम्बोधन गर्न सकेन ।जसले गर्दा अहिले पनि निवार्चन हुने र नहुनेमा अन्यौलता कायमै छ ।




