काठमाडौं, २३ पुष । उदयपुर, ओखलढुंगा र सोलुखुम्बुबाट खोटाङ जिल्ला प्रवेश गर्ने प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रमा आर्थिक चहलपहल बढेको छ ।
पुल निर्माणसँगै निजी तथा सार्वजनिक सवारीका साधन सञ्चालनमा आएसँगै ओखलढुंगा, सोलुखुम्बु र खोटाङका कृषि उत्पादनले सहजरुपमा बजार पाउन थालेका छन् ।




