कक्षा १२ को परीक्षा : एक जना केन्द्राध्यक्ष वर्खास्त | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कक्षा १२ को परीक्षा : एक जना केन्द्राध्यक्ष वर्खास्त

काठमाडौँ, २ जेठ । कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्ष कारबाहीमा परेका छन् । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ र ३१ गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको हो ।

बोर्डले दुई जना केन्द्राध्यक्षलाई सचेत गराएर छोडेको छ भने एक जनालाई बर्खास्त गरेको छ । टेक्सास इ मा.वि, मित्रपार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरेको हो ।

उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई सचेत गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);