राप्रपा केन्द्रीय समिति बैठक आज पनि,लिङदेनको प्रतिवेदनमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

राप्रपा केन्द्रीय समिति बैठक आज पनि,लिङदेनको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबारदेखि सुरु भएको हो ।

भोलिसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न भएको उपनिर्वाचनको समिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ भावी कार्यदिशासम्बन्धि राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुने जनाइएको छ ।

वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीको सांगठनको रणनीति र कार्यनीतिसम्बन्धि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);