मैले ओलीसँग सहयोग मागे, उहाँले दोषी नछुटोस निर्दोष नफसोस भन्नु भएको छः गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

मैले ओलीसँग सहयोग मागे, उहाँले दोषी नछुटोस निर्दोष नफसोस भन्नु भएको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेको दाबी गरेका छन् ।

सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बाहिरिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले यस प्रकरणमा आफुले ओलीसँग आँड भरोसामा मागेको बताए । ‘मैले ओली जीसँग सहयोग मागे, उहाँले दोषी नछुटोस निर्दोष नफसोस भन्नु भएको छ,’ उनले भने ।

साथै, गृहमन्त्री श्रेष्ठले आफु कुनै दबाब र प्रभावमा नपर्ने समेत दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);