आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा : मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा : मन्त्री शर्मा

काठमाडौं, २४ वैशाख । मन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनुभएको छ ।

आईतवार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरुको भुमिका आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट भएका कामहरुको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने बताउनु भयो । उहाँले सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पु¥याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने बताउनु भयो । उहाँले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भुमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको हाम्रो समाज अलि बढी नकारात्मक सोचबाट गुज्रिरहेको छ । सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट जतिपनि कामहरु भएका छन्, नकारात्मक कामहरु, सकारात्मक कामहरुका विषयमा पनि गोरखापत्रले विशेष स्थान बनाउनुपर्छ । गोरखापत्रमा अहिले वर्तमान अवस्थामा सरकारले गरिरहेका जतिपनि सकारात्मक कामहरु छन्, धेरै नै चर्चामा छन् । सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पु¥याउनसक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्वपूर्ण भुमिका छ । हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानून बनाउने प्रक्रियामा छौँ । आम सञ्चार प्रशिक्षण प्रतिष्ठान हामी सबैको मागको विषय छ । यो आवश्यक छ भन्नेकुरा छ, मन्त्रालयले पनि आवश्यक महशुस गरेको छ, त्यसको स्थापनाका लागि आम सञ्चार प्रतिष्ठान ऐन हामीले पहिला पारित गर्नुपर्छ । यसको हामी करिव अन्तिम तयारीमा पुगेका छौँ । आम सञ्चार प्रतिष्ठान गठन गरेर यस क्षेत्रमा सबैको वृत्ति विकासमा हामी निरन्तर प्रयन्तरत छौँ ।’

मन्त्री शर्माले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महशुस गरिरहेको र आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);