गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरीः मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरीः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र विकास गर्न नसक्ने बताउनु भयो ।

उहाँले संरचना वृद्धि गर्दै गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले स्वदेशी चलचित्र प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले चलचित्रमा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री शर्माले सरकारले मौलिक चलचित्रलाई प्रोत्साहन गर्न लागिपरेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);