अब मीटरब्याज लिनेलाई ७ वर्ष कैद, ७० हजार जरिवाना | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

अब मीटरब्याज लिनेलाई ७ वर्ष कैद, ७० हजार जरिवाना

काठमाडौं, २२ वैशाख । मीटरब्याज उठाउनेलाई अब ७ वर्ष कैद सजाय हुने भएको छ । पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको हो ।

अनुचित लेनदेन कारोबारीलाई सजाउ थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा सरकारले प्रकाशित गरेको छ । मौजुदा मुलुकी अपराध संहिता,२०७४ को दफा २४९ क थप गर्दै सरकारले मिटरब्याजीलाई सजाय बढाएको हो । ऋणिलाई हैरानी तुल्याउनेहरुलाई अब सात वर्षको जेल सजाय तोकिएको हो ।

ऋणिले तयार बुझाएको रकमको भरपाइ नदिने वा लिखत बनाउने,ऋणको साँवाभन्दा बढी ब्याज लिने, धम्की दिने,हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिनेलाई कारबाही हुने भएको छ ।

Leave a Reply