काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको निधन भएको छ ।
मंगलबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा चालक दिलबहादुर थापाको निधन भएको हो ।
उनी लामिछानेको चितवनको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।