काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् । दाहालले खेलाडीहरुलाई थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
यूएईविरुद्ध जित निकाल्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ उपाधि जितेको हो ।
युएईले ११८ रनको लक्ष्य दिएकोमा नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटेको हो । नेपालका लागि गुल्सन झाले अर्धसतक बनाए । उपाधि जित्दै नेपाल एशिया कप क्रिकेट खेल्न पाउने भएको छ ।