एसीसी प्रिमियर कपको फाइनल खेल रोकियो | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

एसीसी प्रिमियर कपको फाइनल खेल रोकियो

काठमाडौं, १८ वैशाख । किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेल फेरी रोकिएको छ । टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा खेल वर्षाका कारण रोकिएको हो । युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे ।

नेपालका लागि सातौं विकेट सन्दीप लामिछानेले दिलाएका थिए । उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए भने युएईले २५.४ ओभरमा ७ विकेट गुमाउँदा १०३ रन जोडेको हो ।

रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे । सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झा ले एक एक विकेट लिंदा सन्दीप र करण केसीले २/२ विकेट लिइसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);