मैदान खाली, दर्शकदिर्घा भरिभराउ, खेल हुने अनिश्चित (तस्विरसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

मैदान खाली, दर्शकदिर्घा भरिभराउ, खेल हुने अनिश्चित (तस्विरसहित)

काठमाडौं । किर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण ढिलाई भएको छ ।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा खेल वर्षाका कारण रोकिएको हो ।

यदि वर्षाका कारण आज खेल हुन नसके भोलि आजकै स्थितिबाट खेल सुरु हुने क्यानले जनाएको छ ।

आज खेल हुन नसके भोलि २७.३ ओभरबाटै खेल सुचारु हुने छ । तर भोलि पनि वर्षा बाधक भए सुपर ओभरबाट नतिजा निकालिने छ । तर सुपर ओभर समेत हुन नसक्ने अवस्था भएमा नेपाल विजयी घोषित हुँदै एसिया कपमा छनोट हुने पक्का छ । मौसम पूर्वाअनुमान महासाखाका अनुसार वर्षा तीन बजे सम्म रहनेछ । यदि ३ बजे वर्षा राकिएमा खेल सुरु हुने बुझिएको छ ।

वर्षाका कारण नेपालको खेल रोकिएपनि दर्शकदिर्घा भने भरिराउँ नै छ । दर्शकहरु खेल सुरु हुने आशामा छाता ओडेर प्रतिक्षा गरिरहेका छन् । उक्त दृश्य अहिले चर्चाको विषय बनेको छ । नेपाली दर्शकको क्रिकेट प्रतिको मोह मैदानमा पोखिएको भन्दै नेपाली क्रिकेट प्रेमीहरु प्रशंसा भइरहेको छ । क्यानले पनि समर्थकहरुलाई धन्यवाद दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);