काठमाडौं, १८ वैशाख । किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईविरुद्ध ब्याटिङ गरिरहेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले युएईको चार विकेट लिएको छ । नेपालका लागि ललितनारायण राजवंशीले चौथो सफलता दिलाएका हुन् ।
राजवंशीले ९.१ ओभरमा रामेज शाहजादलाई १ रनमा आउट गरे भने युएईले ९.१ ओभरमा चार विकेट गुमाउँदा ३५ रन जोड्न सफल भएको छ ।
युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए । उनले ८ बलमा ११ रन जोड्न सफल भए ।