रेफ्रीको निर्णयमा वेंगर असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

रेफ्रीको निर्णयमा वेंगर असन्तुष्ट

khel

काठमाडौं, २१ पुष । रेफ्रीले अनावश्यक पेनाल्टी दिँदा चेल्सीसँग आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले अंक बाँड्नुपरेको आरोप लगाएका छन् । इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा आर्सनलले २–२ को बराबरीमा चित्त बुझाएको थियो ।

६३औं मिनेटमा ज्याक ह्विलसेयरले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको ४ मिनेटपछि नै इडेन हाजार्डले गरेको पेनाल्टी गोलमा चेल्सी खेलमा फर्किएको थियो ।

वेंगरले आक्रामक व्यवहारका कारण आफू ‘टचलाइन’ प्रतिबन्धमा पर्न सक्ने भए पनि असन्तुष्टि सम्बन्धित निकायसमक्ष राख्न पछि नहट्ने बताए ।
आर्सनलका हेक्टर बेलारिनले हाजार्डमाथि खराब फाउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । तर बेलारिनले हाजार्डमाथि खराब फाउल नगरेको भन्दै वेंगरले रेफ्री एन्थोनी टेलरको पेनाल्टी निर्णय गलत भएको र उक्त निर्णय नै खेलको नतिजा परिवर्तनको कारक बनेको बताए । खेल सकिन ६ मिनेट बाँकी हुँदा मार्कोस अलोन्सोले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा बेलारिनले गरेको गोलमा आर्सनल हारको सँघारबाट जोगिएको थियो ।

आइतबार वेस्ट ब्रोमविरुद्धको खेलमा पनि रेफ्रीले गतल निर्णयले गर्दा अंक बाँड्नुपरेको प्रतिक्रिया दिएका वेंगर बुधबार पनि रेफ्रीकै गलत निर्णयले बराबरी खेल्नुपरेको भन्दै थप आक्रोशित बनेका हुन् ।
‘हामी पुनः एक पटक गलत निर्णयको सिकार भएका छौ तर हामीलाई खेल अघि नै यस्तो निर्णय हुन्छ भन्ने थाहा थियो,’ वेंगरले भने, ‘तपार्इं १० वटा पेनाल्टी दिन सक्नुहुन्छ । हामी सिजनको सुरुआतबाटै यस्तो निर्णयले थलिएका छौं । हामीसँग रेफ्रीको निर्णय स्वीकार गर्नुको विकल्प छैन ।’ वेंगरले आक्रामक व्यवहारका कारण आफू ‘टचलाइन’ प्रतिबन्धमा पर्न सक्ने भए पनि असन्तुष्टि सम्बन्धित निकायसमक्ष राख्न पछि नहट्ने बताए ।

‘पक्कै पनि म कारबाही स्वीकार गर्न तयार छु । तर म आफ्नो कुरा सबैसमक्ष स्पष्ट राख्छु,’ वेंगरले भने, ‘मैले फुटबलमा ३५ वर्ष बिताइसकें र मैले के भनिरहेको छु त्यो मलाई राम्रोसँग थाहा छ ।’
यस नतिजापछि २२ खेलमा ४६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा झर्दा समान खेलमा ३९ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ । यता चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले वेंगरलाई खेल पदाधिकारीहरूप्रति सम्मान गर्न सुझाव दिएका छन् । ‘पक्कै पनि खेलपछि प्रशिक्षकको खेलपदाधिकारीहरूप्रति गुनासो हुन सक्छ र उनीहरूलाई खेलदौरान दिइएको निर्णयमा चित्त नबुझ्न सक्छ,’ कोन्टेले भने, ‘तर हामीले उनीहरूको निर्णयलाई सम्मान गर्नुपर्छ ।

कोन्टेले २२औं चरणका खेलसम्ममा शीर्ष टोली म्यानचेस्टर सिटीसँग १६ अंकले पछि परिसकेकाले प्रिमियर लिगको उपाधि रक्षा गर्छु भन्नु सान्दर्भिक नहुने बताए । ‘शीर्ष टोलीलाई भेट्टाउन निकै कठिन छ,’ कोन्टेले भने, ‘हाम्रो अबको लक्ष्य भनेको शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुनु हो ।’आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);