काठमाडौं, १३ वैशाख । आज मनमोहन अधिकारीको २४औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।
अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।