जहाजबारे भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजर कारबाहीमा परे | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

जहाजबारे भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजर कारबाहीमा परे

काठमाडौं, वैशाख १३ । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको अभियोगमा दुई म्यानेजरले विमानस्थल प्रवेश गर्न नपाउने भएका छन् । सोमबार राति ९ः२० बजे विमानस्थलबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको प्रमाण नभेटिएको भन्दै अनावश्यक भ्रम फैलाएको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई म्यानेजरलाई कारबाही गरेको हो।

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ भने उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको जनाइएको छ । जहाजको एउटा इन्जिनमा समस्या आएपनि अर्को इन्जिनले काम गर्न सक्छ । अर्को इन्जिनले उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको विमानबारे भ्रम फैलाएको उनीहरुमाथि आरोप लागेको छ ।

उडेको केही समयमा नै जहाजको एउटा इन्जिनमा आगो लागेको थियो । उडिरहेको विमानबाट आगोको झिल्को र ठूलो आवाज पनि आएको थियो। उपत्यकाका अधिकांश मानिसहरुले आकाशमा उडिरहेको जहाज हेरिरहेका थिए । उडिरहेको जहाजको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

 

Leave a Reply