जहाजमा चरा ठोक्किएको हल्ला फैलाउनेलाई विमानस्थल प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जहाजमा चरा ठोक्किएको हल्ला फैलाउनेलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा चरा ठोक्किएको भ्रमणूर्ण सूचना फैलाएको भन्दै फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरमाथि कारबाहि गरिएको छ ।

प्रमाणबिना दुबईबाट गलत सूचना फैलाएको भन्दै दुवै जनालाई नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाईदुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।

जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिदै आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताएका थिए । तर, उक्त जहाज सामान्य अवस्थामा फर्किएको भन्दै गन्तब्यतर्फ प्रस्थान गरेको थियो । जहाज दुबईको स्थानीय समय अनुसार १२ः११ मिनेटमा दुबईमा सकुशल अवतरण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);