२०७२ महाभूकम्पः अझै टेको लगाएकै घरमा बस्छन् कतिपय काठमाडौंवासी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

२०७२ महाभूकम्पः अझै टेको लगाएकै घरमा बस्छन् कतिपय काठमाडौंवासी

काठमाडौं । महाभूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरुको पुनःनिर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरु भत्किएका संरचनामा बस्न बाध्य छन् ।

२०७२ साल वैशाख १२ गते शनिवार गएको भूकम्पबाट क्षति पुगेका काठमाडौंका अधिकांश भौतिक संरचनामा क्षति पुगेपनि घरधनी र लगायत सरकारी स्तरबाट पनि आवश्यक चासो नहुँदा आम नागरिकहरु भने टेको लगाइएका संरचनामा नै व्यापार व्यवसाय र बसोवास गर्न बाध्य भएका हुन् ।

काठमाडौंको वसन्तपुर, असन, न्युरोड लगायतका क्षेत्रमा अझैसम्म पनि भौतिक संरचनाहरु टेको लगाएर अड्याइएको छ । तरपनि आम नागरिकहरु भने तिनै टेको लगाइएका संरचनामा व्यापार गरेर बसिरहेका छन् । २०७२ वैशाख १२ गते शनिवार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।

काठमाडौं उपत्यकामा यसरी टेको लगाएका घरहरु धेरै छन् । तर यस्तो जोखिममा पनि मानिसहरु बस्न छोडेका छैनन् । भूकम्प गएको ८ वर्ष बितिसक्दा समेत घर नबनाइनु र काठमाडौं महानगरपालिकाले बेवास्ता गर्नुपनि यसको एक कारण हो । यसरी जोखिमयुक्त घर हालसम्म किन बनाउनु भएन ? भन्ने प्रश्नमा कति घरमुलीहरु बोल्न मानेनन् । कतिपय त आफैँ जोखिम मोलेर टेको लगाएको घरमा व्यापार गरिरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);