‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’

काठमाडौं । ‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस मनाइएको छ ।

नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिवद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । काठमाडौंमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औलो दिवसको अवसरमा कार्यक्रम आयोजना गरी औलोबारे जनचेतनामुलक कार्यक्रम गरिएको छ । कार्यक्रममा एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले विगत १० वर्षको तुलनामा औलो नियन्त्रणमा सरकारले सफलता हासिल गरिरहेको दाबी गर्नुभयो ।

त्यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले औलो नियन्त्रण गर्दै नेपाल लाखौँबाट सयौँमा आउनु आफैँमा खुशीको कुरा भएको बताउनु भयो ।

औलोका कारण बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);