प्राकृतिक प्रकोपबाट बच्न समन्वयको आवश्यकता : बालेन साह | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्राकृतिक प्रकोपबाट बच्न समन्वयको आवश्यकता : बालेन साह

काठमाडौं, १२ वैशाख । गोरखाको बारपाकमा गएको विनासकारी भुकम्पको आज आठ वर्ष पुगेको छ । २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टरस्केलको भुकम्प गएको थियो । जसमा परेर नेपालमा २२ हजार ३०९ जना घाइते भएका थिए भने करिब ९ हजार जनाको मृत्यु भएको थियो ।

भुकम्प गएको ८ वर्ष पुरा भएको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्राकृतिक प्रकोपबाट बच्न सबैले सहकार्य गर्नुपर्ने बताएका छन् । कुनै पनि सम्भावित भवितव्य आकस्मिक हुने भन्दै सबैबीच समन्वय गर्नुपर्ने उनले जोड दिएका छन् ।

सामाजिक सञ्जालमा साहले लेखेका छन्,‘हाम्रो बिर्सने बानी छ । ८ बर्ष पुरानो महाभुकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका बिषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो ।

अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ ।
काठमाण्डौ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);