हाम्रो देश आफैँमा तपोभूमि हो : बालेन साह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

हाम्रो देश आफैँमा तपोभूमि हो : बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउनसक्ने माध्यम भएको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले आयुर्वेद बिस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताउनु भयो । उहाँले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताउनु भयो । उहाँले आयुर्वेदको प्रवद्र्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आयुर्वेदको लागि अझै धेरै गर्न बाँकी छ । पहिला जुन स्तरमा आयुर्वेद थियो त्यो भन्दा बढ्दै जानुपर्नेमा शिथिल भएको जस्तो लाग्छ । यसलाई प्रवद्र्धन गर्दै जानुपर्छ । नेपालमा पहिला आउने पर्यटक देशको आयुर्वेदको लागि आउँथे, योगको लागि आउँथे । हाम्रो देश आफैँमा तपोभूमि हो । यसको प्रवद्र्धनको लागि आगमी दिनमा अझै धेरै काम गर्नुपर्छ । आइओएममा नाम ननिक्लिेपछि आयुर्वेदमा परीक्षा दिने जस्तो भएको तर शुरुमै यसमा जोड दिनुपर्छ । हामीले ३२ वडामा नै हेल्थ प्रमोशन सेन्टर खोल्दैछौँ । वैशाख अन्तिमसम्म ८ वटा वडामा शुरु हुन्छ । आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो ।’

मेयर साहले आयुर्वेदको प्रवद्र्धन र बिस्तार गरी विदेशी पर्यटकहरु नेपालमा भित्र्याउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);