लोकतन्त्रमा जनमतलाई सत्कार गरिन्छ : नेता भट्टराई | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

लोकतन्त्रमा जनमतलाई सत्कार गरिन्छ : नेता भट्टराई

काठमाडौं, १२ वैशाख । नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको बताउनु भयो । उहाँले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी गर्नुभयो । उहाँले जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भुमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको बताउनु भयो । उहाँले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतिलाई पार लगाउन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गरेको पछिल्लो अभ्यास । लोकतन्त्रमा जनमतको कदर हुन्छ । लोकतन्त्रमा जनमतलाई सत्कार गरिन्छ । आदर र नमन गरिन्छ । तर अहिलेको हाम्रो अभ्यासले त्यो काम गरेको छ की छैन ? हामीमाथि प्रश्न उठाइरहेको छ, लोकतन्त्रले गणतन्त्रले ? हाम्रो अभ्यास गलत छ । हामीले जुन यो पछिल्लो अभ्यास गरेका छौँ, जनमत एउटा छ । जनमतले नेकपा एमालेलाई जनताको रोजाईको पहिलो पार्टी नेपालको नेकपा एमाले हो । संसद भित्र नेपाली काँग्रेस छ, आज देशको जिम्मेवारी कसले लिने ? नेपाली काँग्रेस सहयोगीको भुमिकामा छ, सरकारमा । नेपाली काँग्रेस संसदभित्र ठूलो पार्टी हुँदाहुँदै पनि सहयोगीको भुमिकामा छ । नेकपा एमाले प्रतिपक्षको भुमिकामा छ । यो हाम्रो गलत अभ्यास हो । तमाम चुनौतिहरु छन् । संसदको ठूलो दल सहयोगीको भुमिकामा, जनताले रोजेको सबैभन्दा ठूलो तागत प्रतिपक्षमा छ, अनि यो ठूलो संकट पार लगाउन सक्छौँ । मुख्य शक्तिको काँधमा जिम्मेवारी नै छैन, कसरी लोकतन्त्र बलियो बनाउने ? यो गम्भीर प्रश्न छ । काँग्रेसको हालत टेको लगाएर रहनुपर्ने अवस्था आएको छ । टेको बिना उभिन नसक्ने काँग्रेस भयो । किन भयो, युवाहरुले सोच्नुपर्ने बेला भयो । काँग्रेसको व्यवहार, संगठन, राजनीति ठिक छ की छैन ? यसबारे सोच्नुपर्छ ।’

नेता भट्टराईले नेपाली काँग्रेस टेको बिा उभिनै नसक्ने स्थितिमा पुगिसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);