बारामा उपेन्द्र यादव ३५ सय मतान्तरले अगाडी | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

बारामा उपेन्द्र यादव ३५ सय मतान्तरले अगाडी

upendra-yadba

काठमाडौं, १२ वैशाख । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लिड गरिरहेका छन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार यादवले १० हजार ३२७ मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ८१२ मत ल्याएर दोस्रो स्थानमा छन् । यादव र कुशवाहबीचको मतान्तर ३ हजार ५१५ रहेको छ ।

त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३४ हजार १ सय ४ मत प्राप्त गर्दा रास्वपाका रमेश खरेलले १ हजार ८७० मत पाएका छन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदका लागि गत आइतबार चुनाव भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);