बारा । बारामा २ मा जसपाका उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन् । यादवले १ हजार ८ सय ७२ मत ल्याएका छन् भने कुशवाहले १ हजार ६ सय ६१ मत ल्याएका छन् ।
यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडलले ७ सय २९ मत ल्याएका छन् । साथै, रास्वपाका रमेश खरेलले २ सय ६९ मत ल्याएका छन् ।
प्रारम्भीक नतिजा अनुसार जसपाका उपेन्द्र यादव अग्रस्थानमा रहेका थिए । उनलाई पछि पार्दै कुशवाहले अग्रता बनाएका थिए । तर, यादवले उनले पुनः पछि पारेका हुन् । बारामा चुनावी प्रतिष्पर्धा रोचक देखिएको छ ।
यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र सहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा यादव र कुशवाहाबीच प्रतिष्पर्धा हुने प्रक्षपण गरिएको छ ।