बारा । बारा २ मा सर्वदलिय बैठक सुरु भएको छ ।
मतगणना सुरू गर्न बिहान सर्वदलीय बैठक डाकिएको थियो । आइतबार राति हावाहुरीका कारण बैठक बस्न सकेको थिएन् । बैठकमा सर्वदलीय सहमति जुटाएर बिहान ९÷१० बजेबाट गणना थाल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, रास्वपाबाट रमेश खरेल र जनमतबाट शिवचन्द्र कुशवाहा बीच प्रतिष्पर्धा हुने देखिएको छ ।