राष्ट्रिय दलहरुको सर्वदलिय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

राष्ट्रिय दलहरुको सर्वदलिय बैठक बस्दै

काठमाडौं, ६ भदौ । आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ ।

मंगलबार नै बैठक बसेर कार्यदिशा बनाउने तयारी भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि बैठक आजलाई सारिएको हो । ओली मंगलबार दिउँसो बिरामी भएको कारण देखाएर बैठकमा उपस्थित भएनन् ।

मंगलबार बिहान एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ,कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे मोटामोटी छलफल गरेको थियो । सोही छलफललाई अन्तिम रुप दिने हिजै तयारी गरिएको थियो ।

साथै संसदको अवारेध हटाउने बारेमा पनि छलफल हुनेछ । कार्यविधि तीन शीर्ष नेताबाट पारित भए संसद अवरोध हट्ने छ ।

Leave a Reply