तनहुँ–१ मा त्रिपक्षिय भिडन्त,कस्ले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

तनहुँ–१ मा त्रिपक्षिय भिडन्त,कस्ले मार्ला बाजी ?

काठमाडौं, १० वैशाख । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि आज उपनिर्वाचन भइरहेको छ । उक्त क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट चर्चित उम्मेदवारले टिकट पाएसँगै त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।

तनहुँ १ बाट एमालेले नेपाली प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल उम्मेदवार छन् । खनालको पुख्र्यौली घर पनि तनहुँ हो । उनले त्यहाँ राजनीतिक गर्ने उद्देश्यले प्रहरीमा रहँदै सक्रियता बढाएका थिए । खनालले ईमाउण्टेनटीभीसँग कुरा गर्दै तनहुँको माटोसँग खेल्दै हुर्किएकोले चुनाव जित्ने दाबी गरे । आफू भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध ठोस मुद्दासहित प्रस्तुत हुने बताए ।

सत्ता गठबन्धनको समर्थनमा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार छन् । भट्टराई नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन् । उनी तनहुँलाई चुनावी क्षेत्र बनाएर लामो समययता सक्रिय छन् ।

ईमाउण्टेनटीभीसँग कुरा गर्दै काँग्रेसका केन्द्रीय सदस्य भट्टराईले आफू तनहुँमै जन्मिएर, हुर्किएर र राजनीतिक यात्रा सुरु गरेर बढेकाले चुनाव जित्ने दाबी गर्छन् उनले भने, ‘यो क्षेत्रका नागरिकको हरेक सुख दुःखमा सँगै रहेकाले जित सुनिश्चित छ ।’ आफूले बाल्यकाल देखि राजनीति गर्दै तनहुँ १ का लागि महत्वपूर्ण कामहरु गरेको जनताले महशुश गरेको बताए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले मैदानमा छन् । उनले रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा तनहुँबाट चुनाव जित्ने दाबी गर्दै आएका छन् । पुराना दलहरुमा टिकट पैसामा किनबेच हुने भन्दै विकृतिविरुद्ध मैदानमा उत्रिएको बताए ।

वाग्लेले एक महिना अघि मात्रै नेपाली काँग्रेस परित्याग गरेका थिए । उनी २०७९ को संसदीय चुनावमा काँग्रेसको घोषणपत्र बनाउने समितिमा पनि थिए ।

तनहुँ १ मा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घा पनि पर्दछ । यसकारण पनि तनहुँ १ को उपनिर्वाचनमा नेपालभित्र र बाहिर समेत चासो देखिएको छ ।

 

 

Leave a Reply