भट्टराई र श्रेष्ठलाई जिताउन कांग्रेसका २ महामन्त्री मैदानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भट्टराई र श्रेष्ठलाई जिताउन कांग्रेसका २ महामन्त्री मैदानमा

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका दुई जिल्लाका क्षेत्रमा दुई महामन्त्रीलाई खटाएको छ । तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएका हुन् ।

आज उपनिर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता कार्यक्रम रहेको छ । महामन्त्र द्धय मनोनयन दर्ता कार्यक्रममा सहभागी भएपछि मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै पार्टीको तर्फबाट उम्मेदवार बनेका नेतालाई चुनाव जिताउन हरसम्भव खट्ने तयारीमा छन् ।

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा–२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने भएको छ ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा तनहुँ १ मा निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको संसद पदमा उपनिर्वाचन हुन लागेको हो ।

रास्वपाका सभापति रवि लामिछानेको संसद् पद खारेज भएपछि उक्त क्षेत्र सांसदविहीन बनेको चितवन–२ मा पनि निर्वाचन हुन लागेको हो । सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा–२ बाट सांसदविहीन बनेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);