उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ ।

वैशाख ३० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ । चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको हो । उपनिर्वाचन हुने तीनवटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

तीनवटै क्षेत्रमा एमालेकै उम्मेदवार उठाउने भन्दै उहाँले कसैसँग गठबन्धन गर्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । जिल्ला र प्रदेशबाट सिफारिस भएर आएकालाई केन्द्रले उम्मेदवार तोक्ने भएकाले चितवन, बारा र तनहुँमा एमालेले कसलाई उठाउँदैछ भन्ने प्रस्ट भैसकेको छैन । तर एमाले नेताहरूका चितवनमा कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी भएको छ । बारा–२ मा उठाउने उम्मेदवारबारे पनि पार्टीभित्र छलफल चलिरहेको छ । त्यस्तै तनहुँमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै रहेको एमाले नेताहरू बताउँछन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसअनुसार चितवन –२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकेको छ । कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिनेछन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);