तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर एक जनाको मृत्यु

बासुदेव बडु

दार्चुला । दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ ।

व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत तर्फ जाँदै गर्दा तल्लो दुम्लिङ स्थित तुइन घाटबाट खसेर बेपत्ता भएका थिए । भण्डारी को शव तुइन घाट बाट अन्दाजी १५ सय मिटर तल प्रहरि र स्थानीय ले खोजि गर्दै गर्दा भारत तर्फ मन्ति भन्ने ठाउँमा भेटिएको छ।

व्यास गा.पा का अधिकाँस स्थानीयहरु तुइन तरेर भारत को वाटो हुँदै दार्चुला सदरमुकाम खलंगा आवत जावत गर्ने गर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);