छालारोग विशेषज्ञ डा.झा विश्व प्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनोट | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

छालारोग विशेषज्ञ डा.झा विश्व प्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनोट

काठमाडौं, ८ वैशाख । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डा.प्रशन्नकुमार झा भारतको विश्व प्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाइन जर्नल (आईडोज)को पेपर रिभ्युअरमा छनोट भएका छन् ।
एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाका आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पत्रमा उल्लेख गरेको छ ।

नेपालबाट छनोट हुने डा.झा पहिलो डाक्टर हुन् । काठमाडौं मेडिकल कलेज (केएमसी)बाट एमबीबीएस, भारतको वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स डा. झाले पूरा गरेका छन् ।

उनका विश्वका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित छन् भने उनी इन्डियन सोसाइटी अफ एस्थेटिक मेडिसिन र इन्डियन इन्स्टिच्युट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्यसमेत छन् ।

डा.झा छालासम्बन्धी स्वास्थ्व हेरचाहमा सम्भव भएका सबै सेवाहरूको सघन र गहन चिकित्सा अभ्यास गर्ने गेट वेल सून नेपाल नामक संस्थाको सहसंस्थापक हुन् । यद्धपी, चिकित्सा विज्ञानको क्षेत्रमा अथक प्राज्ञिक संलग्नताको लागि आफ्नो प्रयास र अभ्यासलाई उनले केवल बिरामी परीक्षण र उपचारमा मात्र सीमित भने गरेनन् । त्यसकारण, उनले अनुसन्धानको संलग्नतालाई धेरै गुणा तिव्र बनाए र अनेकन नयाँ खोज तथा शोधअनुसन्धान समेत सम्पन्न गरेका छन् ।

परम्परागत ब्यूटी सैलुन र पार्लरबाहेक अन्य कुनै छालाविज्ञान अभ्यास नभएको पूरै मधेश प्रदे (प्रदेश २) मा पहिलोपटक यो प्रकारको सेवाको रूपमा उनको उद्यमले धेरै लाभार्थीहरूलाई उत्कृष्ट सेवा दिएको छ । उनीबाट भएका अनुसन्धान, अन्वेषण तथा खोज निष्र्कषको संलग्नताले सम्पूर्ण चिकित्सा विज्ञानलाई विश्वभरि फराकिलो बनाउदै अतिरिक्त उपादेयता प्राप्त गर्ने श्रेय समेत मिलेको छ ।

आफूलाई आईडोजले पेपर रिभ्युअरमा छनोट गरेकोमा खुशी व्यक्त गर्दै डा.झाले यो नेपाल र नेपाली डाक्टरको लागि महत्वपूर्ण उपलब्धि रहेको प्रतिक्रिया दिए । यो छनोटले नेपाली डाक्टरहरु पनि हरेक कुरामा सक्षम र उत्कृष्ट छन् भन्ने सन्देश गएकाले नेपालीको प्रतिष्ठालाई माथि उठाउन टेवा पुग्ने उनको भनाइ छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);