बिपन्नको सेवामा निरन्तर खटिरहनेछु–डा.प्रसन्न झा | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

बिपन्नको सेवामा निरन्तर खटिरहनेछु–डा.प्रसन्न झा

काठमाडौं,४ चैत्र । प्रसिद्ध छाला तथा यौनरोग विशेषज्ञ समाजसेवी डा.प्रसन्न झाले आज पनि निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न गरेका छन् । डा.झाले जनकपुरधाम उप–महानगरपालिका–२२ को बिसबिट्टीमा स्थानीयको घर–घरमा पुगी औषधीसहित स्वास्थसेवा कार्यक्रम सम्पन्न गरेका बताए ।

विपन्न,असहायहरुको सेवा गर्न पाउँदा आफुलाई निकै आनन्द आउने डा.झाले बताए । यो अभियान निरन्तर जारी रहने पनि उनको भनाई थियो । औषधी सहित निःशुल्क स्वास्थसेवाको निरन्तरता स्वरूप गेट वेल सून नेपाल स्किन केयर मुरलीचौक तथा सामुदायिक परिक्रमा समितिको सहकार्यमा धनुषा निर्वाचन क्षेत्र न.३ को विभिन्न गाऊँहरूको विपन्न परिवारहरूको घर–घर गई औषधीसहित निःशुल्क स्वास्थसेवा दिएको हो ।

उक्त स्वास्थ्य सेवा कार्यक्रममा समाजसेवी युवा नेता रंजित राय,स्थानीय जनमत पार्टीका नेता नागेंद्र मंडलसहित अन्य समाजसेवीहरूको पनि सहभागिता थियो ।

Leave a Reply

ताजा समाचार