भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३औं स्थापना दिवसमा काठमाडौंमा शास्त्रीय संगीत प्रश्तुति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३औं स्थापना दिवसमा काठमाडौंमा शास्त्रीय संगीत प्रश्तुति

काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३औं स्थापना दिवस काठमाडौंमा मनाइएको छ ।

बुधवार काठमाडौंस्थित भारतीय राजदुतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा शास्त्रीय संगीतसहत स्थापना दिवस मनाइएको हो । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का पूर्व छात्रहरुको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन दुतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले गर्नुभएको थियो । सो अवसरमा नेपालका अभिनेता पुष्प ख्का समेत सहभागी हुनुभएको थियो । कार्यक्रममा कलाकारहरुले विभिन्न विधाका शास्त्रीय संगतीहरुले दर्शकहरुलाई मनोरञ्जन दिनुभएको थियो ।

सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन भुमिका खेल्ने विश्वास लिइएको छ । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी, शिक्षकहरुका साथै कलाकारहरुद्वारा शास्त्रीय रागहरुलाई प्रश्तुत गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);