दार्चुलामा चरेश सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

दार्चुलामा चरेश सहित एक जना पक्राउ

बासुदेव बडु । दार्चुलामा लागुऔषध चरेश सहित एक जना पुरूष पक्राउ परेका छन् ।

मँगलवार साँझ दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुबाट पैदल हिडी दार्चुला सदरमुकाम खलंगा तर्फ आईरहेको अवस्था मा बझाङको बुङ्गल नगरपालिका वडा नं. ७ कफलसेरी बस्ने वर्ष १९ का गगन बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

प्रहरी चौकी धाप चेकपोष्ट नजिक शंका लागी चेकजाँच गर्दा बोहराले साथमा बोकेको झोलामा २ किलो ८ सय ग्राम लागु औषध९चरेस० फेला पारी उनलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगिएको र जिल्ला अदालत बाट म्याद थप गरी थपअनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);