दोहोरो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौँ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १५.१३ अंकको वृद्धिपछि नेप्से १९२० अंकको विन्दुमा कायम भएको छ ।

१६७ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १२ को स्थिर रह्यो । दिउँसो २ ः २० बजेसम्म एकल अंक बढेको बजारमा त्यसपछि भने खरिदकर्ताको चाप देखियो ।कारोबार रकम भने अघिल्लो दिनकै जति भएको छ । जम्मा ८६ करोड ८२ लाख रुपैयाँको कारोबार भयो । मंगलबार ८७ करोडको कारोबार भएको थियो । सबैजसो उपसमूह बढेका छन् ।

बैंकिङ ९, विकास बैंक ४४, फाइनान्स १८, होटल तथा पर्यटन १९, जलविद्युत् २२, जीवन बीमा ६३, उत्पादन १५, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ७०, अन्य ६ र ब्यापार उपसमूह २३ अंक बढे ।कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.५ र धौलागिरि लघुवित्तको मूल्य ६.७ प्रतिशत बढ्यो ।

आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);