काठमाडौं, ६ वैशाख । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तनहुँ जादैछन्।
सत्तागठबन्धनका शीर्ष नेताहरुले बन्दिपुर–४ को डुम्रेबजारमा आज दिउँसो २ बजे हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
शीर्ष नेताहरुले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्ने छन् ।




