खेलाडीका नाममा तलबबाट प्रत्यक महिना ३ हजार छुट्याउछुः ज्ञानेन्द्र शाही | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

खेलाडीका नाममा तलबबाट प्रत्यक महिना ३ हजार छुट्याउछुः ज्ञानेन्द्र शाही

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले आफूले पाउने तलब सुविधाबाट मासिक तीन हजार खेलाडीलाई प्रदान गर्ने घोषणा गरेका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

संसद्मा उनले भने, ‘आजको संसदबाट मैले घोषणा गरेको छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु । हामी आठ सय ८४ जना छौँ, यदि हरेक सांसदले महिनाको तीन हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);