ज्ञानेन्द्र शाहीको प्रश्न– कति दिन सम्म टिक्छ यो नाटकबाजी ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ज्ञानेन्द्र शाहीको प्रश्न– कति दिन सम्म टिक्छ यो नाटकबाजी ?

काठमाडौं,३० चैत्र । प्रतिनिधि सभा सदस्य एवं राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको (एनजीओ आईएन्जियो)को नाममा प्रत्येक बर्ष आउने खरबौ रुपैयाँ मिडियामा लगानी भइरहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा शुक्रबार एक पोस्ट शेयर गर्दै सांसद शाहीले यस्तो आरोप लगाएका हुन् ।

नेता शाहीले लेखेका छन्,“एक एनजीओ आईएन्जियोकोनाममा हरेक बर्ष आउने खरबौ रुपैया ले गर्नु गर्यो हो आज भोलि त्यो रकम मिडियामा लगानी भएछ क्यारे त्यही भएर होला सायद छिन– छिनमा हावामा यो गरे त्यो गर्यो भन्दै प्रचण्ड –पथ सुरक्षित गर्दैछन हामी त्यही भिडियो हेर्दै वाउ ––वाउ गर्दैछौ के थाहा ? हामी बिचारा जनतालाई त्यो भिडियो र न्युज कन्टेन बनाउन मिडियाहरुले प्रत्येक कन्टेन बराबर कति लाख रुपैया लिन्छन ?”

पुष्पकमल दाहाल प्रचण्डको सरकारले संघ संस्थाहरुको नाममा आएको रकम मिडियाबाजीमा दुरुपयोग गरेको उनको आशय छ । गृहमन्त्रालयले पाउने सुराकी रकम समेत गृहमन्त्री रवि लामिछानेले साइबर सेना (मिडिया)मा लगानी गरेको समेत उनको भनाइ छ । “नेपालमा कुनै पनि प्राईभेट मिडियालाई सरकारी रकम हुदैन बिज्ञापन मार्केट पनि शून्य बराबर छ किनकी कुनै पनि ठुला सामान उत्पादन गर्ने उध्योग छैनन्, ब्यापारीहरु आत्महत्या गर्ने समयमा मिडियाका मालिक कसरी धनी भैईरहेका छ्न ?”–उनले लेखेका छन् ।

यो मिडियाबाजी धेरै दिन सम्म टिक्न नसक्ने भन्दै चाडै नै पर्दाफास हुने पनि उनले दाबी गरेका छन् । “कति दिन सम्म टिक्छ हो यो नाटकबाजी ? एकदिन त पर्दाफास हुन्छ– हुन्छ ?”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);