चीनले ढुवानीका लागि मात्र खुलाउने भयो तातोपानी नाका | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

चीनले ढुवानीका लागि मात्र खुलाउने भयो तातोपानी नाका

काठमाडौं, ५ वैशाख । चीनले नेपालसँगको तातोपानी नाका ढुवानीका लागि मात्र दुईतर्फी खुलाउने सहमति गरेको छ । १८ वैशाखबाट चीनले नाका खुलाउने सहमति गरेको हो ।

सोमबार नेपाल र चीनबीचको सीमा सम्बन्धी बैठकमा ढुवानीका लागि मात्र दुईतर्फी रुपमा तातोपानी नाका खुलाउने सहमति भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख बादनरसिंह राणाले जानकारी दिए ।

तर, नाका ढुवानीका लागि मात्र खुल्नेछ । मानव आवतजावत भने अनुमति नहुने राणाले बताए । नेपालले चिनियाँ पक्षलाई तातोपानी नाका दुईतर्फी खोल्न पटक पटक आग्रह गर्दै आएको थियो ।

चीनले सीमा पार अपराध, कोभिड १९ को रोकथाममा आवश्यक सुरक्षालगायत विषयमा नेपाली पक्षबाट प्रत्याभूति होस् भन्ने चाहेको थियो ।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि तातोपानी नाका बन्द हुँदै आएको थियो । पछि चीनले नेपालतर्फ सामान विक्री गर्ने गरी एकतर्फी खुलेपनि नेपालबाट उक्त नाका हुँदै चीनतर्फ निर्यात ठप्प थियो । त्यसअघि तातोपानी नाकाबाट खासातर्फ नेपालीहरु आवतजावत गर्न अनुमति थियो ।

नेपालका परराष्ट्र सचिव भरतराज गिरीले चैत्रमा बेइजिङमा आयोजित सचिवस्तरीय बैठकमा तातोपानी नाका खोल्नेबारे कुराकानी गरेका थिए । त्यतिबेला नाका खोल्न आवश्यक पूर्वाधार निर्माण बढाउने सहमति भएको थियो ।

तातोपानी नाका पूर्ण रुपमा खोल्न चीनले केही दिनयता नाका बन्द गर्न सूचना जारी गरेको थियो । पूर्वाधार पुनः निर्माणका लागि बन्द गरिएको भनियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);