ओमानमाथि नेपालको जित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

ओमानमाथि नेपालको जित

काठमाडौं । एसीसी प्रिमियर कप अघि अभ्यास खेलमा नेपालले ओमानमाथि जित निकालेको छ । टियू क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ५ विकेटले हराएको हो ।

ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय इनिङ्स खेले ।

ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो ।

ओमानका लागि शोएब खानले अविजित रहँदै १ सय १० रनको शानदार इनिङ खेले ।

नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २÷२ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);