एजेन्सी, २ वैशाख । नेपालसँग सीमा जोडिएको भारतको पूर्वी चंपारणमा विषाक्त रक्सीबाट ८ जनाको मृत्यु भएको छ । जिल्लाको तीन गाउँमा उनीहरुको मृत्यु भएको हो ।
पूर्वी चंपारणको हरसिद्धि, पहाडपुर र तुरकौलियामा मृत्युको घटना भएको भारतीय समाचार एजेन्सी हिन्दुस्थान समाचारले उल्लेख गरेको छ ।
शुक्रवार साँझबाट शनिवारसम्म आठ जनाको मृत्युको घटना जानकारीमा आएको छ । कैयां सिकिस्त विरामी परेका छन् ।
भारतमा विषाक्त रक्सीबाट वर्षेनी सयौंको मृत्यु हुने गरेको छ । विहार राज्यमा रक्सीमाथि प्रतिबन्ध लगाइएपनि लुकिछिपी विक्री वितरण हुँदै आएको छ ।