पहिलो अन्तरीक्षयात्री बनेको ७ वर्षमै रहस्यमय विमान दुर्घटनामा मारिएका युरी गागरिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिलो अन्तरीक्षयात्री बनेको ७ वर्षमै रहस्यमय विमान दुर्घटनामा मारिएका युरी गागरिन

एजेन्सी, ३० चैत्र । १२ अप्रिल सन् १९६१ अर्थात् मानवले पहिलोपटक अन्तरीक्ष यात्रा गरेको दिन । पहिलो मानवसहितको अन्तरीक्ष यानबाट युरी गागरिनले यात्रा गरेका थिए त्यो दिन ।

तत्कालीन सोभियत संघका गागरिन वरिष्ठ लेफ्टिनेन्ट थिए । उनले अन्तरीक्षमा पृथ्वीलाई परिक्रमा गरे ।

भोस्टोक अन्तरीक्ष यानबाट यात्रा गरेका युरी गागरिनको भने सन् १९६८ को मार्च २७ मा विमान दुर्घटनामा निधन भयो । अन्तरीक्ष पुगेर फर्किएपछि उनको मान र शान नै बढ्यो । त्यसको ७ वर्षमै उनी सँसारबाट बिदा भए ।

विमान दुर्घटना हुँदा दुई सिटको जेल फ्लाइटमा थिए उनी । तिव्र गतिको विमान वर्षातको बेलामा रुखहरु छिनाल्दै झरेको थियो । त्यसपछि विष्फोट भएको विमान खस्दा गागरिनको ज्याकेट रुखमै अड्किएको थियो । ज्याकेटका गोजीमा ब्रेकफाष्ट टिकट थियो जसमा लेखिएको थियो गागरिन यु. ए. ।

गागरिनको मृत्युबारे गहिरो अनुसन्धान भयो । उनी जोखिम मोल्ने स्वभावका थिए । नायकत्व प्राप्त गर्न चाहन्थे । खेलमा पनि उत्कृष्ट थिए । गागरिनमा अभूतपूर्व आत्मविश्वास थियो ।

युद्धक विमान चलाउन निश्चित मापदण्ड थियो । जसमा १७० सेन्टिमिटर भन्दा अग्लो हुन नहुने, अधिकतम ७० केजी तौल र २५ देखि ३० वर्षको उमेर हुनुपर्ने थियो । युरी मापदण्ड पूरा गरेरै पाइलट बने ।

उत्कृष्ट पाइलट भएरै पहिलो अन्तरीक्षयात्री बन्न सोभियत संघले छनोट गर्यो । उनको छनोट सही ठहरियो । गागरिनले सफलतापूर्वक अन्तरीक्षको यात्रा गरे । तर, उनी विमान दुर्घटनामै मारिए ।-Photo Source: Sputnik

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);