नेपाल–भारतबीच भएका सन्धिमा रहेका असमान व्यवस्था हटाउन दुबै मुलुक सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

नेपाल–भारतबीच भएका सन्धिमा रहेका असमान व्यवस्था हटाउन दुबै मुलुक सकारात्मक

२४ चैत, काठमाडौं । नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको बैठक सम्पन्न भएको छ ।

नेपाल–भारतबीच भएका सन्धिमा रहेका असमान व्यवस्था हटाउन दुबै मुलुक सकारात्मक

२४ चैत, काठमाडौं । नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजीको बैठक सम्पन्न भएको छ ।  

बिहिवार सम्पन्न बैठकमा सन् १९५० को सन्धि पुनरावलोकन गर्न दुबै पक्ष सहमत भएका छन । उक्त सन्धिको बिषयमा अर्काे बैठकमा बिस्तृत छलफल हुने पनि सहमति भएको छ । सन् १९५० को सन्धि लगायत अरु सन्धिमा रहेका असमान व्यवस्था हटाउन भारत सकारात्मक देखिएको नेपाली पक्षले जनाएको छ । नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि असमान भएको भन्दै नेपालका राजनीतिक दलले आवाज उठाउँदै आएका बेला त्यसलाई संशोधन गर्ने औपचारिक प्रक्रिया सुरु भएको हो ।

यसअघि सन्धि पुनरावलोकन गर्न अस्वीकार गर्दै आए पनि प्रबुद्ध समूह गठनपछि भने भारतीय पक्ष सकारात्मक बन्दै आएको छ ।छलफलमा समस्या खोज्ने मात्र नभई समस्या सुल्झाउने कुरामा पनि छलफल भएको नेपाल भारत प्रवुद्घ समुहका संयोजक डाक्टर भेष बहादुर थापाले जानकारी दिनुभयो ।

प्रबुद्ध समूहमा नेपाल र भारतका तर्फबाट चार÷चार जना सदस्य छन् । गएको वर्ष फागुनमा पूर्णता पाएको समूहले दुवै देशलाई सन्धि पुनरावालोकन गर्न साझा प्रतिवेदन दिने छन् । बैठक बुधवार शुरु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);