नयाँ बसपार्कमा नि:शुल्क स्वास्थ्य परामर्श केन्द्र स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नयाँ बसपार्कमा नि:शुल्क स्वास्थ्य परामर्श केन्द्र स्थापना

काठमाडौं, १९ पुस । काठमाडौंको नयाँ बसपार्कमा यात्रुलाई निःशुल्क स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिएको छ । गान्डी इन्टरनेशनल अस्पतालले ५ औं वर्ष पार गरेको अवसर पारेर नयाँ बसपार्कमा यात्रुलाई निःशुल्क स्वास्थ्य सेवा परामर्श केन्द्र स्थापना गरेको हो ।

बसका यात्रुहरुको अकालमा ज्यान नजाओस भन्ने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको ग्रान्डी इन्टरनेशनल अस्पतालका अध्यक्ष दिपक कुँवरले जानकारी दिए ।

अस्पतालले नयाँ बसपार्कको निर्माण, व्यवस्थापन र संचालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा निशुल्क स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेको हो ।

केन्द्रमा २४ घण्टै निशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने बताइएको छ । विरामीको सेवाका लागि एउटा एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ । स्वास्थ्य उपचारका लागि ग्रान्ड अस्तालका स्वास्थ्यकर्मीहरु नै रहने व्यवस्था पनि मिलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);