विद्यासुन्दुर शाक्यले सोचे अनुसार काम गर्न नसकेको बताए | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

विद्यासुन्दुर शाक्यले सोचे अनुसार काम गर्न नसकेको बताए

bidhyasundar

काठमाडौं, १९ पुष । महानगरपालिकाका प्रमुख विद्यासुन्दुर शाक्यले सोचे अनुसार काम गर्न नसकेको स्विकार गर्नुभएको छ ।

प्रमुख शाक्यले काम गर्न नसकेको भन्दै आलोचना भइरहेकोबेला उहाँले सोचे अनुसार काम गर्न नसकेको स्विकार गर्नुभएको हो । आज राजधानीको गोगंबुमा ग्राण्डी अस्पतालको किल्निक उद्धघाटन गर्दे प्रमुख शाक्यले महानगरको विकासका काम अगाडि बढिरहेको बताउनुभयो ।

महानगरमा बस्ने सबैले जिम्बेवारी बहन गरे महानगरलाई सुन्दर बनाउन सकिने उहाँको भनाई छ । गोगंबुमा धेरै क्षेत्रबाट यात्रु आउने भएकाले यात्रुको सहजताको लागि लोहत्से मल्टिप्रपोज र ग्राण्डी अस्पतालको सहकार्यमा ग्राण्डी किल्निक संचालनमा ल्याइएको हो ।